Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अथार मगरात कलाकार संघको आयोजनामा “अक्षय कोष समुद्घाटन, सम्मान तथा मौलिक सांस्कृतिक कार्यक्रम” सम्पन्न

अथार मगरात कलाकार संघको आयोजनामा “अक्षय कोष समुद्घाटन, सम्मान तथा मौलिक सांस्कृतिक कार्यक्रम” सम्पन्न

  • आइतवार, जेठ २१ २०८०

  • 543
    SHARES

  • अथार मगरात कलाकार संघको आयोजनामा “अक्षय कोष समुद्घाटन, सम्मान तथा मौलिक सांस्कृतिक कार्यक्रम” सम्पन्न

    काठमाडौं । अथार मगरात कलाकार संघको आयोजनामा “अक्षय कोष समुद्घाटन, सम्मान तथा मौलिक सांस्कृतिक कार्यक्रम” शनिबार राष्ट्रिय गुरुङ परिषद, नयाँ बसपार्कमा भव्यताका साथ सम्पन्न भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री माननीय सुदन किराँतीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा अथार मगरात कलाकार संघकी संरक्षक तथा संस्कृतिविद बम कुमारी बुढा मगर, अन्तराष्ट्रिय मगर महासंघका अध्यक्ष नवीन रोका मगर, अथार मगरात मगर प्रतिष्ठानका अध्यक्ष झबिन्द्र पुन मगर र नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगर सँगै अन्य थुप्रै संघ संस्थाहरुको प्रतिनिधित्व गर्दै अतिथिहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बोल्दै संघका अध्यक्ष किरणबाबु पुनले अक्षय कोषको विषयमा प्रष्ट पार्दै आगामी दिनमा अथार मगरात क्षेत्रका संस्कृतिको विषयमा खोज अनुसन्धान गर्ने कुरामा सरकारी तहबाट सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।

    मन्त्री किराँतीलाई अथार मगरात कलाकार संघको तर्फबाट मगर पोषाक उपहार दिँदै सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री किराँतीले अथार मगरात कलाकार संघलाई शुभकामना तथा बधाई दिँदै सम्पूर्ण मगरहरू एकजुट हुन आग्रह समेत गरेका छन्। आफू संस्कृति मन्त्री भएको कारण कलाकारहरु सँग र विशेष गरी अथार मगरात कलाकार सँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    दश लाख एघार हजार एक सय एघार रुपैयाँबाट सुरु भएको ”अक्षय कोष” स्थापनाको उद्घाटन गर्न पाउँदा आफू खुसी रहेको बताउँदै आफ्नो व्यक्तिगत रुपमा २५ हजार सहयोग गर्ने घोषणा समेत गरेका छन् । पुर्खाको इतिहास लाई सम्झिदै देशमा भएका हरेक परिवर्तनमा मगर समुदायको मुख्य भूमिका रहेको समेत मन्त्री किराँतीले बताए ।

    कार्यक्रममा बोल्दै आफूले पदभार ग्रहण गरेका दिन पोखरामा जहाज दुर्घटना भएको कारण त्यही दिनलाई खुसियालीको रुपमा लिन नसकेको र खादा माला नलगाउनुको कारण समेत प्रष्ट्याएका हुन् ।

    उक्त कार्यक्रममा पैसारु, भुमे लगायतका मौलिक नृत्य सँगै मौलिक लोक गीतहरू प्रस्तुत गरिएको थियो । अथार मगरात क्षेत्रलाई प्रतिनिधित्व गर्दै निजामती कर्मचारी बनेका शाखा अधिकृत भन्दा माथिका कर्मचारी, अग्रज पत्रकार, कलाकार तथा स्रष्टा सर्जक, प्रतिनिधि सभा सदस्यहरू, पुर्व सांसद तथा सांसद लगाएत मगर समुदायको हक हित, पहिचान र उत्थानको निमित्त योगदान दिने विभिन्न संघ संस्थाका अगुवाहरूलाई सम्मान प्रदान गरिएको हो ।

    कार्यक्रममा वैज्ञानिक तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र संस्कृतिविद तथा संघका संरक्षक बमकुमारी बुढा मगरको भिडियो वृत्तचित्र तयार पारेर सम्मान गरिएको थियो ।

    उक्त कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष नन्द घर्ती मगरले स्वागत मन्तव्य राखेका थिए भने महासचिव खड्ग बहादुर पुन मगर खबपुले कार्यक्रमको सञ्चालन गरेका हुन् ।


    आइतवार, जेठ २१ २०८००२:१२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij