काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछि अर्को गरि लगातार गीतहरु आइरहेका छन ।
यसैक्रममा कमेडियन तथा दोहोरि गायक नवराज काप्रिको “धदिङ नुवाकोट” बोलको गीत सार्वजनिक भएको छ। यति बेला नवराजको गीतले चर्चा बटुल्ने क्रममा रहेको छ ।
गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन। केही समय यता हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन् ।
कमेडियन तथा दोहोरि गायक नवराज काप्रिको शब्दरसंगीत रहेको “धदिङ नुवाकोट” बोलको गीतको यति बेला ब्यापक चर्चा छ।
गीतमा नवराज काप्री र सुशिला थापाको सुमधुर आवाज रहेको छ भने भिडियोमा दिपेन्द्र काप्रिको निर्देशन छायांकन समिर रम्दमको रहेको छ भने सम्पादन पनि समिर रम्दम सोयम आफैको रहेको छ।
नवराज काप्रिको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको उक्त म्युजिक भिडियो हेर्नुस्।