Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेले भने – ‘भैँसी, गोरुको कुरा मात्रै गरे गोबरबाहेक केही हात पर्दैन’

रवि लामिछानेले भने – ‘भैँसी, गोरुको कुरा मात्रै गरे गोबरबाहेक केही हात पर्दैन’

  • बिहिवार, जेठ २५ २०८०

  • 634
    SHARES

  • रवि लामिछानेले भने – ‘भैँसी, गोरुको कुरा मात्रै गरे गोबरबाहेक केही हात पर्दैन’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र सांसद रवि लामिछानेले संसदीय मर्यादामा आँच आउने गरी भएको बहसका लागि माफी माग्नुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफलमा सहभागी हुने क्रममा लामिछानेले संसदीय मर्यादाको ख्याल गर्न सबैलाई आग्रह गर्नुभएको हो ।

    प्रतिनिधिसभाको जेठ २२ को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको विषयमा प्रश्न सोध्ने क्रममा रास्वपाका सांसद शिशिर खनालले संसदीय मर्यादाविपरीतको शब्द बोल्नुभएको थियो । उहाँले प्रधानमन्त्री भारतबाट प्लेन चढेर पोखरा विमानस्थलमा अवतरण नगरी प्रधानमन्त्री भैँसी चढेर पो आउनु भो भन्ने बोल्नुभएको थियो । उक्त शब्दलाई सभामुख देवराज घिमिरेले संसद्को रेकर्डबाट हटाउन लगाउनुभएको थियो । ।

    सोही कुरातर्फ इंगित गर्दै सभापति लामिछानेले आफ्नो पार्टीको तर्फबाट भएका त्यस्ता अभिव्यक्तिका लागि माफी माग्नुभएको हो । ‘संसद्को मर्यादा राख्न चुकिरहेका त छैनौं ! यसमा ध्यानाकर्षण गराउन चाहन्छु । हामी नयाँ राजनीतिक दलका हिसाबमा चाहे ती हाम्रा पक्षबाट आएका विषय हुन् त्यसप्रति हामी कहीँ न कहीँ लज्जित भएका छौं, उहाँले भन्नुभयो, यो सदन भैँसी, राँगाको विषयमा गफ गरेर पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौं ।


    बिहिवार, जेठ २५ २०८००१:४६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij