Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा निकाल्छ : गगन थापा

नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा निकाल्छ : गगन थापा

  • बिहिवार, जेठ २५ २०८०

  • 719
    SHARES

  • नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा निकाल्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा निकाल्न सक्ने बताउनुभएको छ ।

    भारतको नयाँ संसद भवनमा नेपाली भूमिसहितको ‘अखण्ड भारत’ को नक्सा राखेपछिको बहसले माहौल तताइरहेका बेला थापाले उक्त सम्भावना देखाउनुभएको हो ।

    विराटनगर विमानस्थलमा बिहीबार पत्रकारसँगको छोटो कुराकानीका क्रममा महामन्त्री थापाले लिम्पियाधुरा, लिपुलेक नेपालकै भूमि भएको भन्दै यसमा अधिकार रहेको बताउनुभयो । यसका निम्ति अरु कुनै कुरा, विकल्पबारे नेपालले सोच्न नहुने थापाको भनाइ थियो ।

    अखण्ड भारतको नक्साबारे गगनले भन्नुभयो ‘यदि कुनै अर्को देशले सांस्कृतिक नक्सा बनाएर अघि बढाउँदा, नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने, यसबारे चिन्तन गर्ने, सोच राख्ने हक राख्छ । नेपालले हक र परिकल्पना प्रयोग गर्दै गर्दा भारतले चिन्ता गर्नु हुँदैन । भारतले सहजतापूर्वक ग्रहण गर्नुपर्छ ।’

    उहाँले संघ र प्रदेश सरकारमा अहिलेको दलीय गठबन्धनलाई अघि बढाउन कांग्रेस प्रतिवद्ध रहेको पनि बताउनुभएको छ । उहाँले कोशी प्रदेश सरकार सञ्चालनका लागि कांग्रेस सम्मिलित सरकारले जनतालाई परिणाम दिनेगरी काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो । प्रदेशमा कांग्रेस सम्मिलित बन्ने सरकारको कामले प्रदेशबासीका समस्या र निरासा चिर्न सक्नुपर्ने उहाँको भनाइ छ ।


    बिहिवार, जेठ २५ २०८००२:३३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij