Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बजेटले वास्तविक परिणाम दिन सक्ने देखिँदैन : गगन थापा

बजेटले वास्तविक परिणाम दिन सक्ने देखिँदैन : गगन थापा

  • आइतवार, जेठ २८ २०८०

  • 487
    SHARES

  • बजेटले वास्तविक परिणाम दिन सक्ने देखिँदैन :  गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले बजेटको आकार ठूलो भएपनि वास्तविक परिणाम दिन नसक्ने बताउनुभएको छ।

    आज संसदमा बजेटमाथिको छलफलका क्रममा थापाले बजेट कार्यान्वयन गरेर परिणाम ल्याउन नसक्ने कुरालाई स्वीकार गर्नुपर्ने बताउनु भएको हो ।

    चालू आर्थिक बर्षमा राजस्व संकलनको अवस्था हेर्दा अर्को आर्थिक बर्षको लक्ष्य समेत पुरा हुन नसक्ने देखिएको उहाँले बताउनुभयो।

    बजेटमार्फत गरिएका करका दल हेरफेरले उपभोक्तालाई असर पर्न सक्ने भन्दै थापाले करको दर हेरफेर औचित्य पुष्टि हुनुपर्ने उहाँको भनाइ छ ।
    उहाँले बजेटमा समेटिएका कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यान्वयनमा चुनौती हुने तर्क गर्नुभयो।

    बजेट कार्यान्वयनबाट लगानीको विस्तार, रोजगारीको अवसरमा वृद्धि, अर्गतन्त्र सुधारका साथै वित्तीय अनुशासनमा ध्यान दिएर राजस्व हासिल गर्ने दिशामा अघि बढ्न सांसद थापाले सुझाव दिननुभयो।

    उहाँले प्राथमिकतायुक्त क्षेत्रको सम्बोधन हुनेगरी बजेट कार्यान्वयन गरिनुपर्ने पनि बताउनुभयो। साधारण खर्च बढेको र पुँजीगत खर्च कम भएको यथार्थतालाई ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।


    आइतवार, जेठ २८ २०८००५:४६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij