Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्छ : गगन थापा

शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्छ : गगन थापा

  • मंगलवार, जेठ ३० २०८०

  • 939
    SHARES

  • शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्न उपयुक्त हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले सभापति देउवालाई नेतृत्व हस्तान्तरण गर्नु उपयुक्त हुने बताउनुभएको छ ।

    ‘नेपाली कांग्रसको सभापतिले जे जति पार्टीका लागि गर्नुपर्ने हो, उहाँको ठूलो योगदान छ, उहाँप्रति हामी आभारी छौं,’ महामन्त्री थापाले भन्नुभयो, ‘अब नेपाली कांग्रेसको नेतृत्व मैले गरिराख्नुपर्छ मैले गरिन भने पार्टी सम्हालिन्न भन्ने सोचाइबाट बाहिर निस्कनुपर्छ, जति छिटो नेपाली कांग्रेसको नेतृत्व उहाँले हस्तान्तरण गरिदिनु भो, त्यहाँ हामी जोसुकै हौंला, कसैले पार्टी नेतृत्व गर्ने अवस्था आयो भने उहाँको हितमा छ पार्टीको हितमा पनि छ ।’

    थापाले अब देउवाले प्रधानमन्त्री पनि दाबी गर्न नहुने बताउनुभयो । नेपाली जनताले कांग्रेसबाट नयाँ प्रधानमन्त्रीको खोजी गरेका कारण देउवाको विकल्पमा नयाँ अनुहार प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ छ ।

    उहाँले नेता शेखर कोइरालासँगको सम्बन्धबारे कुनै शंका नगर्न पनि आग्रह गर्नुभयो ।


    मंगलवार, जेठ ३० २०८००२:३२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij