Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बालेनको आग्रह स्वीकार्दै हल सञ्चालकहरुले हिन्दी फिल्म नचलाउने

बालेनको आग्रह स्वीकार्दै हल सञ्चालकहरुले हिन्दी फिल्म नचलाउने

  • आइतवार, आषाढ ३ २०८०

  • 1.3K
    SHARES

  • बालेनको आग्रह स्वीकार्दै हल सञ्चालकहरुले हिन्दी फिल्म नचलाउने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिबाट महानगरभित्रका सबै हलहरुमा भारतीय सिनेमा चलाउन रोक लगाउने भएको छ ।

    मेयर बालेन्द्र साहको निर्देशनमा नगर प्रहरीले आज काठमाडौंका विभिन्न हलमा पुगेर भारतीय फिल्म हटाउन पूर्वसूचना दिएका छन् ।

    दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले नेपालको राष्ट्रिय विभूतिका रुपमा रहेकी सीतालाई ‘भारतीय छोरी’ भन्दै गलत तवरबाट प्रस्तुत गरेपछि त्यसलाई सच्याउन बालेनले ३ दिनको अल्टिमेटम दिएका थिए ।

    तर आदिपुरुषले संवाद सच्याउन अटेर गरेपछि काठमाडौंमा कुनै पनि भारतीय फिल्म चल्न नदिने घोषणा बालेनले गरिसकेका छन् । त्यसही घोषणाबारे जानकारी गराउन नगरप्रहरीलाई आज बेलुकी हलहरुमा पठाइएको हो ।

    बालेनको आदेशलाई हल सञ्चालकहरुले अटेर नगर्ने संकेत देखिएको छ । हामी सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सका सञ्चालक भाष्कर ढुंगानालाई यस विषयमा जिज्ञासा राख्दा उनले भारतीय फिल्म भोलीबाट नचलाउने बताउनुभयो ।


    आइतवार, आषाढ ३ २०८००७:३८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij