Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपाली कांग्रेस अलमलिंदा समाज प्रभावित भयो : गगन थापा

नेपाली कांग्रेस अलमलिंदा समाज प्रभावित भयो : गगन थापा

  • शनिवार, आषाढ ९ २०८०

  • 485
    SHARES

  • नेपाली कांग्रेस अलमलिंदा समाज प्रभावित भयो : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले अलमलिंदा समाज प्रभावित भएको बताउनु भएको छ।

    अरुको पार्टीले लय बिगार्दा कार्यकर्ता मात्रै निराश हुने भए पनि कांग्रेस बिग्रिंदा समाजमा नै निराशा छाउने उहाँले बताउनुभयो। नेपाली समाजको निराशाको कारण पनि यही भएको उहाँको भनाई छ ।

    काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भन्न्ुभयो, ‘हामी अलमलिंदा, हामीले लय पक्रिन नसक्दा सिंगो समाज प्रभावित भएको छ ।’

    उहाँले अब लय बिराएको कांग्रेसमा थिति बसाल्नु पर्ने बेला आएको बताउनुभयो। अहिले पुरानो पार्टी भनेर गर्व गरेको तर नयाँलाई आकर्षण गर्न नसकेको उहाँको भनाइ छ ।


    शनिवार, आषाढ ९ २०८०१२:४१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij