Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज पनि सकेनन् ओली र प्रचण्डले मन्त्री छान्न !

आज पनि सकेनन् ओली र प्रचण्डले मन्त्री छान्न !

  • मंगलवार, आश्विन १३ २०७७

  • 1.1K
    SHARES

  • आज पनि सकेनन् ओली र  प्रचण्डले मन्त्री छान्न !

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सएिको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनबारे ठोस सहमति हुन नसकेको बताइएको छ ।

    प्रधानमन्त्री ओलीले कार्यसम्पादन राम्रा भएका मन्त्रीहरुलाई हटाउन नहुने अडान लिएको तर, प्रचण्डले अधिकांशलाई हटाउनुपर्ने बताएको बालुवाटार स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार राष्ट्रियसभा सदस्यहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई पनि मन्त्री बनाउनुपर्ने प्रचण्डको अडान छ ।

    हालै बसेको नेकपा सचिवालय बैठकले मन्त्रिमण्डल पूनर्गठन र पार्टी एकताका बाँकी काम सम्पन्न गर्न अध्यक्षद्धय ओली र प्रचण्डलाई जिम्मेवारी दिएको छ ।

    उनीहरुबीच विगत केही दिनयतादेखि सहमति जुटाउने प्रयास भइरहेको छ । तर, त्यो सफल हुन सकेको छैन ।


    मंगलवार, आश्विन १३ २०७७०४:३०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij