Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डले ‘खोलो तर्यो, लौरो बिर्स्यो’ गरेपछि बाबुराम फायर...

प्रचण्डले ‘खोलो तर्यो, लौरो बिर्स्यो’ गरेपछि बाबुराम फायर...

  • आइतवार, आषाढ २४ २०८०

  • 867
    SHARES

  • प्रचण्डले ‘खोलो तर्यो, लौरो बिर्स्यो’ गरेपछि बाबुराम फायर...

    काठमाडौं । नेपाल समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समाजवादी मोर्चाको कांग्रेस र एमालेसँग मोलमोलाइ (बार्गेनिङ) गरेर सत्ता दोहन गर्ने आशय रहेको भन्दै आफूहरू उक्त मोर्चामा आबद्ध नभएको टिप्पणी गर्नुभएको छ ।

    समाजवादी मोर्चा गठनका लागि आफूले पहल गर्दै आएपनि अन्त्यमा आफूहरूसँग छलफल र परामर्श बिना नै मोर्चा घोषणा गरिएकोमा पनि उहाँले आपत्ति जनाउनुभएको छ ।

    ुनयाँ युगको नयाँ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन । किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठूलो घात हो, भट्टराईले सामाजिक सञ्जालमार्फत् भन्नुभएको छ ।

    यसबीचमा केही क्षेत्रीयतावादी शक्तिहरूसँग सहकार्य गर्दा आफूहरूको छवि जनसमक्ष धमिलिएको कुरा स्वीकार गर्दै उहाँले अब त्यसलाई सच्याउने भन्दै आत्मालोचनासमेत गर्नुभएको छ। साथै उहाँले नयाँ अग्रगामी शक्तिहरूसँग सहकार्य गरेर नयाँ वैकल्पिक शक्ति निर्माणका लागि आफूहरू प्रतिबद्ध रहेको पनि बताउनुभएको छ ।

    नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहितका सत्तारुढ दलहरू सम्मिलित मोर्चाको पहिलो औपचारिक बैठक बसेपछि नेता भट्टराईले यस्तो टिप्पणी गर्नुभएको हो ।

     


    आइतवार, आषाढ २४ २०८००२:२५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij