Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ललिता निवास प्रकरण : समरजंग कम्पनीका सहलेखापाल विनोद पौडेल पक्राउ

ललिता निवास प्रकरण : समरजंग कम्पनीका सहलेखापाल विनोद पौडेल पक्राउ

  • बुधवार, आषाढ २७ २०८०

  • 782
    SHARES

  • ललिता निवास प्रकरण : समरजंग कम्पनीका सहलेखापाल विनोद पौडेल पक्राउ
    काठमाडौं । प्रहरीले ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको छ ।
     
    उनलाई काठमाडौंको चाबहिल क्षेत्रबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का एसएसपी दिनेश आचार्यले जानकारी दिनुभयो ।
     
    ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।
     
    ललिता निवासको १४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ ।


    बुधवार, आषाढ २७ २०८००५:१७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij