Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ललिता निवास प्रकरण : पक्राउ परेका सचिव राउतलाई २४ घण्टाभित्र सर्वोच्चमा पेस गर्न आदेश

ललिता निवास प्रकरण : पक्राउ परेका सचिव राउतलाई २४ घण्टाभित्र सर्वोच्चमा पेस गर्न आदेश

  • बिहिवार, आषाढ २८ २०८०

  • 688
    SHARES

  • ललिता निवास प्रकरण : पक्राउ परेका सचिव राउतलाई २४ घण्टाभित्र सर्वोच्चमा पेस गर्न आदेश
    काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र सर्वोच्च पेस गर्न आदेश गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले राउतका तर्फबाट उषा कार्कीले दायर गरेको निवेदनमा यस्तो आदेश गरेको हो। 
     
    ‘यसमा के कसो भएको हो? निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुत प्रमाणसहित उपस्थित हुनु,’ आदेशमा भनिएको छ, ‘म्याद सूचना पाएका मितिले बाटाका म्याद बाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु।’ 
     
    आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूका नाउँमा म्याद सूचना जारी गरी लिखित जवाफ परेपछि पेसीको सूचना महान्यायाधिवक्ताको कार्यालयलाई दिन आदेशमा भनिएको छ। यसपछि सुनुवाइको लागि नियमानुसार पेस गर्न अदालतले भनेको छ।adesh_KYDDguu3cS.webp
     


    बिहिवार, आषाढ २८ २०८००४:१७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij