Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपीएल क्रिकेटमा आज मुम्बई र पन्जाब भिड्दै

आईपीएल क्रिकेटमा आज मुम्बई र पन्जाब भिड्दै

  • बिहिवार, आश्विन १५ २०७७

  • 2.3K
    SHARES

  • आईपीएल क्रिकेटमा आज मुम्बई  र  पन्जाब भिड्दै

    आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र किङ्स इलाभेन पन्जाब भिड्दै छन् । युएईको अबुधाबीमा मुम्बई र पन्जाब आफ्नो चौंथो खेलका लागि मैदान उत्रन लागेका हुन् ।यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार आज राति पौने आठ बजेबाट सुरु हुनेछ ।

    शेख जायद स्टेडियममा मैदान उत्रदा दुबै टिम दोस्रो जितको खोजीमा हुनेछन् । अघिल्ला तीन खेलमा दुई टोलीले एक जित र दुई हार व्यहोरेका थिए । मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रिदा पन्जाबको कमान केएल राहुलले समल्हाल्ने छन् । पन्जाब पनि साविक विजेताविरुद्ध जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा मुम्बईले कोलकत्ता नाइट राईडर्सलाई ४९ रनले हराएको थियो ।

    तर, तेस्रो खेलमा मुम्बई रोयल च्यालेन्जर्स बैंगलोरसँग सुपर ओभरमा पराजित भएको थियो । मुम्बई ३ खेलमा २ अंक जोडेर छैटौं स्थानमा रहेको छ । यता, पन्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले हराएको थियो । तर, दोस्रो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । यस्तै तेस्रो खेलमा पन्जाबलाई राजस्थान रोयल्सले ४ विकेटले हराएको थियो ।

    पन्जाब ३ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । दुई टिमबीचको पछिल्लो पाँच भेटमा मुम्बई बलियो देखिएको छ । गत वर्ष भएको दुई भेटमा भने दुबैले एक एक जित निकालेका थिए ।

     


    बिहिवार, आश्विन १५ २०७७०२:४०:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij