Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान, पूर्णबहादुर खड्कालाई कार्यवाहक

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान, पूर्णबहादुर खड्कालाई कार्यवाहक

  • शनिवार, श्रावण ६ २०८०

  • 767
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान, पूर्णबहादुर खड्कालाई कार्यवाहक
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गर्नुभएको छ । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गर्नुभएको हो ।
     
    प्रधानमन्त्रीसँग कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री पुत्री गंगा दाहाल पनि इटली जानुभएको छ।
     
    प्रधानमन्त्री प्रचण्डलाई बिदाइ गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव डा. वैकुण्ठ अर्याल लगायत विमानस्थल पुग्नुभएको थियो । प्रधानमन्त्रीले इटालीमा संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले औपचारिक रुपमा आफ्नो धारणा राख्नुहुने छ ।
     
    प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमणमा रहेका बेला प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्नुहुने भएको छ। शनिबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
    Pm-nepal.jpg


    शनिवार, श्रावण ६ २०८००७:३८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij