Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • आइतवार, श्रावण ७ २०८०

  • 1.5K
    SHARES

  • नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी राहत शिक्षकमा नियुक्ति लिएकी सीताकुमारी यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
     
    अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार धनुषाको श्री नवयुवक आधारभूत विद्यालय, थुम्हौनामा कार्यरत राहत शिक्षक यादवविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।
     
    यादवले साबिक श्री नवयुवक जनता प्राथमिक विद्यालयमा प्रावि तहको अस्थायी राहत शिक्षक दरबन्दीमा नियुक्ति हुँदा बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट मध्यमा तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिई भ्रष्टाचार गरेको अभियोग पत्रमा उल्लेख छ ।


    आइतवार, श्रावण ७ २०८००२:४८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij