Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

  • सोमवार, श्रावण ८ २०८०

  • 747
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार(आज) पनि बस्दै छ । बैठकमा धारणा राख्ने क्रम जारी रहेकाले आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
     
    हिजोको बैठकमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यहरूको प्रगति विवरण पेश गर्नुभएको छ ।
     
    साउन २ गतेदेखि जारी बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउँद, स्वास्थ्य तथा जनसंख्ख्यामन्त्री मोहनबहादुर बस्नेत, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यको प्रगति विवरण पेश गर्नुभएको छ।
     
    सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले प्रस्तावमाथि धारणा राखिरहेका छन् ।


    सोमवार, श्रावण ८ २०८००६:३४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij