Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरणबारे रास्वपाद्वारा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

सुन प्रकरणबारे रास्वपाद्वारा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

  • बुधवार, श्रावण १० २०८०

  • 510
    SHARES

  • सुन प्रकरणबारे रास्वपाद्वारा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करी प्रकरणको विषयमा प्रतिनिधिसभा बैठकमा छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको छ । रास्वपाका निशा डाँगी, सन्तोष परियारसहितको १६ जना सांसद प्रस्तावक रहेको उक्त प्रस्तावमा अध्यक्ष रवि लामिछानेसहितका ४ जना सांसदहरूको समर्थन रहेको छ ।
     
    रास्वपाले सुन तस्करी प्रकरणले राष्ट्रिय सुरक्षा, सक्षम, स्वच्छ, पारदर्शी, भ्रष्टाचारमुक्त र जनउत्तरदायी सार्वजनिक प्रशासनको अवधारणामा प्रश्न उठ्ने अवस्था सिर्जना भएको जनाएको छ ।
     
    ‘यति ठूलो मात्रामा सुन कसरी पत्ता नलागी भन्सार जाँचपास गर्‍यो ? सो सम्बन्धमा विस्तृत अनुसन्धान गर्न सरकारलाई माग गर्ने’ प्रस्तावमा भनिएको छ ।
     
    -2672023103056-1000x0.jpg2.jpg


    बुधवार, श्रावण १० २०८००२:३३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij