Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पार्टी संगठन सुदृढीकरणका लागि कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्य खटाउने

पार्टी संगठन सुदृढीकरणका लागि कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्य खटाउने

  • शुक्रवार, श्रावण १२ २०८०

  • 664
    SHARES

  • पार्टी संगठन सुदृढीकरणका लागि कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्य खटाउने

    काठमाडौं । पार्टी संगठन सुदृढीकरणका लागि नेपाली कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्य खटाउने भएको छ ।

    केन्द्रीय सदस्यलाई दुई चरणमा जिल्लामा खटाउन लागिएको छ । पार्टी केन्द्रीय समितिको निर्णय अनुसार दुई चरणमा गरिने कार्यक्रम फरक फरक प्रकृति र उद्धेश्यका छन् । पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरण र राष्ट्रव्यापी अभियानका लागि केन्द्रीय सदस्यहरुलाई जिल्ला तोकेर जिम्मेवारी दिन लागिएको छ ।

    सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्मको समय तोकिएको छ । यस अवधि पार्टीको आन्तरिक कार्यमा केन्द्रीय सदस्यहरुले जिम्मेवारी निर्वाह गर्नेछन् ।

    पहिलो चरणमा जिल्ला जाने केन्द्रीय सदस्य पूर्ण रुपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्नेछन् । केन्द्रमा बनेको जस्तै वार्षिक क्यालेण्डर बनाउन लगाउने जिम्मेवारी पनि केन्द्रीय सदस्यको हुनेछ ।

    केन्द्रीय समितिले प्रत्येक गाउँ वा नगर समितिले ‘सेवा दल’ बनाउने निर्णय गरेको थियो । सेवा दलको कार्यविधि जिल्ला खटिने प्रतिनिधिले केन्द्रबाट लगेका हुन्छन् । त्यस अनुसार सेवा दल गठनको प्रक्रिया सुरु गराउन सहजीकरण केन्द्रीय सदस्यहरुले गर्नेछन् ।

     


    शुक्रवार, श्रावण १२ २०८००१:५५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij