काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।
सुन तस्करी प्रकरणको सरकारले इमान्दारीपूूर्वक छानबिन नगरेको भन्दै उहाँले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रचारबाजीमा मात्र नलाग्न आग्रह गर्नुभयो ।
आइतबार एमालेको सुुदूूरपश्चिम प्रदेशको स्कुल विभागले धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ज्ञवालीले भन्नुभयो, ‘सुुन तस्करी र भ्रष्टाचारका कुुरालाई लिएर नाटक मञ्चन भइरहेको छ । टेबुल सफा गर्न सबभन्दा हात सफा हुुनुपर्छ । २२ पटक सुुन तस्करी गरेपछि २३ औँ पटक कुनै कुुरा नमिलेपछि समातिएको रहेछ ।’
उहाँले गृहमन्त्रालय मातहतकै सुरक्षा निकायको बलियो उपस्थिति हुने विमानस्थलबाट यसअघि कसरी सुन तस्करी भयो भनी प्रश्न गर्नुभयो । ‘गृहमन्त्री कसैलाई छोड्दिन भनेर जुँगामा ताउ लगाउदै बसेका छन् । गृह मातहतकै सुरक्षा निकायको बलियो उपस्थिति हुने विमानस्थलबाट २२ पटक कसरी सुन गयो ? उहाँले मुख्य नाइके को हुन् तत्काल पत्ता लगाउनुपर्छ’ उपमहासचिव ज्ञवालीले भन्नुभयो ।’
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेका युवाहरु केपी ओलीमाथि प्रश्न गर्न नसक्ने भन्दै गरेको कटाक्षको समेत ज्ञवालीले जवाफ फर्काउनुभएको छ ।
‘हामीले भुटानी शरणार्थी प्रकरणमा हाम्रा एक जना नेतामाथि प्रश्न उठ्नेबित्तिकै अनुसन्धानमा सहयोग होस् भनेर निलम्बन गयौँ, तर एउटा पार्टी आफ्नो नेता जेल परिसक्यो निलम्बनसम्म गर्दैन्’, ज्ञवालीले भन्नुभयो, ‘त्यही पार्टीका एक नेताले भनेछन्, एमालेका युवाहरु कामै लागेनन, प्रश्नै गर्न सक्दैनन् । भ्रष्टाचारमा डामिएको नेतालाई निलम्बन गर्नुस् भनेर खै साथी प्रश्न उठाएको ?’
उहाँले प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड सत्ता जोगाउन जुनसुकै हदसम्म जान र तयार रहेको पनि टिप्पणी गर्नुभयो ।