Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राप्रपाको पार्टी कार्यालय भत्काउन ३०० नगर प्रहरीसहित हिड्यो डोजर

राप्रपाको पार्टी कार्यालय भत्काउन ३०० नगर प्रहरीसहित हिड्यो डोजर

  • सोमवार, श्रावण १५ २०८०

  • 864
    SHARES

  • राप्रपाको पार्टी कार्यालय भत्काउन ३०० नगर प्रहरीसहित हिड्यो डोजर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा काठमाडौं महानगरपालिकाले आजै डोजर चलाउने भएको छ ।

    डोजर लिएर केहीबेर अघि नगर प्रहरी मुभ भएको छ । राप्रपाको कार्यालय भवन हाइटेन्सन लाइनमुनि बनेकाले महानगरले खाली गर्न आदेश दिएको थियो । आइतबारसम्मको अल्टिमेटम दिइएकोमा राप्रपाले खाली नगरेपछि महानगरले डोजर लगाएरै भत्काउन आँटेको हो ।

    राप्रपा मुख्यसचिव केदारबहादुर अधिकारीले आफूहरुले महानगरसँग थप समय मागिरहेको बताउनुभयो । महानगरले डोजर ल्याउन लागेको सूचनासँगै राप्रपा कार्यकर्ताहरु केन्द्रीय कार्यालयमा भीड लागेका छन् । डोजरलाई अवरोध गर्ने तयारीसहित सवारीसाधनहरु तेर्स्याइएको छ । नगर प्रहरी र राप्रपा कार्यकर्ताबीच मुठभेड हुनसक्ने सम्भावना पनि देखिन्छ ।

    महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीका अनुसार एसपी राजु पाण्डेको नेतृत्वमा ३०० नगर प्रहरी राप्रपा कार्यालयतर्फ परिचालन भएका छन् । महानगरले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग पनि सुरक्षाको माग गरेको उहाँले बताउनुभयो।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत सुरक्षा माग गरिएको हो । अहिले राप्रपा कार्यालयमा थोरै संख्यामा प्रहरी उपस्थित छन् ।

     


    सोमवार, श्रावण १५ २०८००१:५५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij