Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पाल्पामा डेंगी संक्रमणबाट एक महिलाको मृत्यु

पाल्पामा डेंगी संक्रमणबाट एक महिलाको मृत्यु

  • सोमवार, श्रावण २२ २०८०

  • 812
    SHARES

  • पाल्पामा डेंगी संक्रमणबाट एक महिलाको मृत्यु
    काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको हो ।
     
    मृतक महिलामा साताअघि नै डेंगु संक्रमण पुष्टि भए पनि घरमै आराम गर्दै आएकी थिइन् । ब्यथाले च्यापेपछि आइतबार मिसन अस्पतालमा उपचार गर्न आएकी हुन् । पाल्पामा डेंगीबाट ७० जना संक्रमित भइसकेका छन् ।
     
    निजी स्वास्थ्य संस्था समेतमा किट रहेको र परीक्षण गर्दा डेंगी भेटिएको हुनसक्ने स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । तानसेनका युनाइटेड मिसन, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज लगायतमा रगत परीक्षण गराउँदा ४५ जनामा डेंगी पोजेटिभ देखिएको डा. गिरीले बताउनुभयो ।
     
    तर प्राथमिक स्वास्थ्य केन्द्र रिब्दीकोट खस्यौली, तानसेन नगर क्षेत्रका विभिन्न निजी मेडिकल समेतको तथ्यांक हेर्दा मृत्युको संख्या बढी हुनसक्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार वर्षा याममा बढी फैलिने यो रोग बढी सक्रिय देखिएको छ ।
     


    सोमवार, श्रावण २२ २०८००३:५३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij