Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारले उच्चस्तरीय छानबिन समिति नबनाए समर्थन फिर्ता लिनुपर्छ : कांग्रेस सांसद पौडेल

सरकारले उच्चस्तरीय छानबिन समिति नबनाए समर्थन फिर्ता लिनुपर्छ : कांग्रेस सांसद पौडेल

  • आइतवार, श्रावण २८ २०८०

  • 507
    SHARES

  • सरकारले उच्चस्तरीय छानबिन समिति नबनाए समर्थन फिर्ता लिनुपर्छ : कांग्रेस सांसद पौडेल
    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उच्च स्तरीय छानबिन समिति नबने सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राख्नुभएको छ।
     
    कांग्रेस संसदीय दलको बैठकमा बोल्ने क्रममा पौडेलले उच्च स्तरीय छानबिन समिति बन्नुपर्ने निर्णय दलको बैठकमा राख्नुभयो ।
     
    हालसम्मका सबै भ्रष्टाचारका मुद्दा छानबिन गर्ने गरी उच्चस्तरीय समिति बन्नुपर्ने मत पौडेलले राख्नुभयो ।
     
    सुन प्रकरणको विषय मात्रै नभई विगतका ठूला भ्रष्टाचारको छानबिन हुने गरी शक्तिशाली समिति बनाउनुपर्ने पौडेलले बताउनुभयो ।
     
    उच्च स्तरीय समिति बन्न नसके सरकारलाई दिएको समर्थन पार्टीले फिर्ता लिनुपर्ने तर्क पौडेलले राख्नुभयो ।
     
    कांग्रेस संसद्को सबैभन्दा ठूलो दल भएर पनि त्यस अनुसारको भूमिका संसद्मा नदेखिएको उहाँले बताउनुभयो ।
     
    उहाँले सुन प्रकरणमा भन्सारमा मिलेमतो भएको बताउनुभयो। राजनीतिको नेतृत्वको संलग्नता छ/छैन भन्न नसकिने तर भन्सारको मिलेमतोबिना सुन पास हुन नसक्ने उहाँको भनाइ थियो।
     
    हङकङबाट नेपाल भित्रिएको करिब सय क्विन्टल सुन प्रकरणमा अहिलेसम्म भरिया मात्रै पक्राउ परेको उहाँको भनाइ थियो। 
     


    आइतवार, श्रावण २८ २०८००५:३०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij