Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

धनुषाको सहिदनगरका इन्जिनियर चौधरी घुससहित अख्तियारको नियन्त्रणमा

धनुषाको सहिदनगरका इन्जिनियर चौधरी घुससहित अख्तियारको नियन्त्रणमा

  • आइतवार, श्रावण २८ २०८०

  • 648
    SHARES

  • धनुषाको सहिदनगरका इन्जिनियर चौधरी घुससहित अख्तियारको नियन्त्रणमा
    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेशकुमार चौधरीलाई घुससहित नियन्त्रणमा लिएको छ। 
     
    अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले इन्जिनियर चौधरीलाई वाल निर्माण कार्य सम्पन्न भएपछिको भुक्तानी दिने क्रममा सेवा ग्राहीसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। 
     
    उनलाई नगद एक लाख घुस लिइसकेको अवस्थामा उक्त रकम र एक लाख ७५ हजार रुपैयाँको चेकसहित नगरपालिकाको वडा नम्बर ३ स्थित पशुसेवा केन्द्रको भवनबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
     
    नियन्त्रणमा लिएका चौधरीमाथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभएको छ। 


    आइतवार, श्रावण २८ २०८००६:१२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij