Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारमा भएको अनुभूति भएन, माओवादीको सती जान सक्दैनौं : कांग्रेस सांसद

सरकारमा भएको अनुभूति भएन, माओवादीको सती जान सक्दैनौं : कांग्रेस सांसद

  • सोमवार, श्रावण २९ २०८०

  • 926
    SHARES

  • सरकारमा भएको अनुभूति भएन, माओवादीको सती जान सक्दैनौं : कांग्रेस सांसद
    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौतमले मुलुकमा आफ्नो पार्टीको सरकार छ भन्ने अनुभूति गर्न नसकेको बताउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गद उहाँले भन्नुभयो, ‘तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिने कुराभन्दा पनि हामीले गठबन्धन टिकोस् भन्ने नै चाहेका छौं । तर उसका गतिविधिले हामीलाई झस्काएको छ । संसदीय दलको जारी बैठकमा सरकारमा भएको अनुभूति भएन भन्ने आवाज सांसद साथीहरूले उठाइरहनुभएको छ,।’ 
     
    सांसद गौतमले माओवादीले एकलौटी सरकार जसरी व्यवहार गरिरहेको आरोप पनि लगाउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारका काम कारबाही निष्पक्ष भएनन् । हरेक सांसदलाई गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा माग्ने सार्वभौम अधिकार छ । संसद् चलिरहेका बेला राजीनामा मागेकै भरमा छापामार शैलीमा समात्ने, मिसबिहेभ गर्ने ? न सभामुखलाई थाहा छ, न प्रमुख सचेतकलाई थाहा छ । सांसद सुनिल शर्माको अभिव्यक्तिमा सबैभन्दा आपत्ति त कांग्रेसलाई पो हुनुपर्ने हो । यो माओवादीको एकलौटी सरकार हो र ? हामी माओवादीको सती जान सक्दैनौं ।’ उहाँले सरकारले कांग्रेसप्रति पूर्वाग्रही भएको आरोप पनि लगाउनुभयो । 
     
    संसद्को अवरोध हटाउनका लागि उच्चस्तरीय छानबिन समिति बनाएर जनतालाई सत्य तथ्य जानकारी गराउनुपर्ने पनि गौतमले औंल्याउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण आयोग प्रधानमन्त्रीको छायामा परेको पनि सांसद गौतमले औंल्याउनुभयो । 
     


    सोमवार, श्रावण २९ २०८००९:३६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij