Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

महराका बाबुछोरामाथि तुरुन्त छानबिन होस् : गगन थापा

महराका बाबुछोरामाथि तुरुन्त छानबिन होस् : गगन थापा

  • सोमवार, श्रावण २९ २०८०

  • 556
    SHARES

  • महराका बाबुछोरामाथि तुरुन्त छानबिन होस् : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै ठूला भ्रष्ट्राचार र अनियमितता प्रकरणमाथि अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ ।

    पछिल्ला दिनमा नेताहरुले विभिन्न भ्रष्टाचार तथा अनियमितता प्रकरणको नाम लिँदै छानबिन माग गरिरहेको भन्दै थापाले हाल स्मृतिमा रहेका सबै ठूला काण्डहरुको फाइल खोल्नुपर्ने धारणा राख्नुभएको हो ।

    कांग्रेस संसदीय दलको बैठकमा सोमबार धारणा राख्दै महामन्त्री थापाले भन्नुभयो, ‘हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्डहरु छन्, ती सबैको फाइल खोलौं, अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस्, तर दोषी छ भने जुनसुकै दलको होस्, नेता होस्, नाता होस्, सांसद होस् मन्त्री होस् कसैले पनि छुट पाउनु हुँदैन ।’

    पछिल्ला दिनमा विभिन्न प्रकरणमा नाम मुछिएका नेताहरुले अरु अरु काण्डको नाम लिँदै अनुसन्धान हुनुपर्छ भन्न थालेको भन्दै थापाले पछिल्लो समयमा स्मृतिमा रहेका सबै काण्डको फाइल खोल्नुपर्ने बताउनुभएको हो ।

    महामन्त्री थापाले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि प्रहरीले अनुसन्धान गर्नुपर्ने बताउनुभयो। इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर सुन ल्याएको आरोप लागेका चिनियाँ नागरिकसँग महरा र उनका छोराको पटक पटक टेलिफोन कुराकानी भएको पाइएको थियो । सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा महरा बाबुछोराको नाम उल्लेख भए पनि प्रहरीले उनीहरुमााथि अनुसन्धान गरेको छैन ।


    सोमवार, श्रावण २९ २०८००२:१५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij