Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेले प्रदेश कमिटीहरुको अधिवेशन भदौ १६ गतेदेखि गर्ने

एमालेले प्रदेश कमिटीहरुको अधिवेशन भदौ १६ गतेदेखि गर्ने

  • सोमवार, श्रावण २९ २०८०

  • 569
    SHARES

  • एमालेले प्रदेश कमिटीहरुको अधिवेशन भदौ १६ गतेदेखि गर्ने

    काठमाडौं । नेकपा एमालेले प्रदेश कमिटीहरुको अधिवेशन भदौ १६ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालयमा जारी सचिवालय बैठकले ७ वटा प्रदेश र एउटा विशेष प्रदेश कमिटीको अधिवेशन भदौ १६ गतेदेखि क्रमशः सुरु गर्ने निर्णय गरेको हो।

    सबैभन्दा पहिले भदौ १६ र १७ गते लुम्बिनी प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय भएको छ। यस्तै, असोज ५ र ६ गते मधेस प्रदेश तथा ८ र ९ गते बागमती प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय भएको छ।

    असोज १० र ११ गते कर्णाली प्रदेश, १२ र १३ गते कोशी प्रदेश तथा असोज १५ र १६ गते गण्डकी प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय भएको छ। उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन असोज १९ र २० गते तथा सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन असोज २१ र २२ गते गर्ने निर्णय भएको छ।


    सोमवार, श्रावण २९ २०८००४:०८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij