Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मसँग बहुमत छ, गठबन्धनका सांसदले थपडी बजाउँछन् भन्ने नसोच्नुस् : गगन थापा

मसँग बहुमत छ, गठबन्धनका सांसदले थपडी बजाउँछन् भन्ने नसोच्नुस् : गगन थापा

  • मंगलवार, भाद्र १२ २०८०

  • 660
    SHARES

  • मसँग बहुमत छ, गठबन्धनका सांसदले थपडी बजाउँछन् भन्ने नसोच्नुस् : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसदमा पेश गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० को विरोध गर्नुभएको छ ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै यसको भारी कांग्रेसले नबोक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीलाई म यहीबाट भन्न चाहन्छु मसँग बहुमत छ । यहाँ आएको सबै सांसदहरु थपडी बजाउन आएका होइनन् । हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन । यो विधेयकका यतिधेरै प्रश्नहरु छन् । यो विधेयक मात्रै होइन यो संसदलाई जुन ढंगले व्यवहार गरिएको छ । जे गरेपनि हुन्छ भन्ने ठानिएको छ। प्रधानमन्त्रीज्यू अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनुहोला ।’

    उहाँले संसदीय व्यवस्थामा सरकारलाई आफूसँग बहुमत भएकाले जे ल्याएपनि पारित हुन्छ भनेर सांसदहरुलाई हेपेको टिप्पणी गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘यो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत् जघन्य अपराधमा संलग्नहरुलाई जोगाउनेगरी जुन प्रावधान ल्याइएको छ । कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु राजनीतिक अपराधिकरणको व्यवस्था हामीलाई स्वीकार्य छैन । कानून मन्त्रीलाई मेरो आग्रह पनि छ २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो। यसको भारी नकोल्नुस् । यसलाई बिसाउनुस् ।’


    मंगलवार, भाद्र १२ २०८००३:४४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij