Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा हो : लिङ्देन

भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा हो : लिङ्देन

  • शुक्रवार, भाद्र २२ २०८०

  • 608
    SHARES

  • भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा हो : लिङ्देन

    काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको दाबी गर्नुभएको छ।

    नेपालको राजनीतिमा गर्वका साथ शिर ठाडो पारेर आँखामा आँखा जुधाएर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको उहाँको दाबी छ।

    सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो भनेर हामीले भनाई नै स्थापित गरिसकेका छौँ ।’

    लिङ्देनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदमप्रति राप्रपाको समर्थन रहेको बताउनुभयो। यद्यपि आदेश दिने, बाहिर देखाउनका लागि मात्र गर्नु नहुने उहाँको भनाइ छ । सरकारलाई स्याबासी नै दिनुपर्ने अवस्था नआएको उहाँको भनाई छ।

    साथै कोशी प्रदेशको सरकार निर्माणको विषयलाई लिएर राप्रपाले बार्गेनिङ गरिरहेको विषयमा सत्यता नरहेकोे स्पष्ट पार्नुभयो ।


    शुक्रवार, भाद्र २२ २०८००१:१७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij