Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तीजको स्वरूप बद्लियो, मनको बह पोख्न तीज नै कुर्नुपर्ने बाध्यता छैन : डा. डिला संग्रौला

तीजको स्वरूप बद्लियो, मनको बह पोख्न तीज नै कुर्नुपर्ने बाध्यता छैन : डा. डिला संग्रौला

  • सोमवार, आश्विन १ २०८०

  • 656
    SHARES

  • तीजको स्वरूप बद्लियो, मनको बह पोख्न तीज नै कुर्नुपर्ने बाध्यता छैन : डा. डिला संग्रौला
    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले अहिले तीजको स्वरूप बद्लिएको बताउनुभएको छ । विगतमा माइती टाढा हुने र सानैमा विवाह गर्ने प्रचलन भएकाले तीजको महत्त्व धेरै रहेको तर अहिले महिला आफैं सक्षम बन्दै गएकाले रमाइलो गर्न र मनको बह पोख्न तीज नै कुर्नुपर्ने बाध्यता नरहेको उहाँले बताउनुभयो ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.संग्रौलाले भन्नुभयो, ‘परापूर्व कालमा तीजहरू टाढाटाढा हुन्थ्यो, सूचना तथा सञ्चारको माध्यम थिएन, भेटघाट हुन्थेन, सानो उमेरमा बिहे हुन्थ्यो, चेलीहरू माइत जान पाउँथेन, घरमा दुःख कष्ट हुन्थ्यो, पिर मर्का पोख्ने थलो थियो तीज पहिला, अहिले भनेको त अब यस्तो भइसक्यो की हामी यति नजिक छौं सूचना र सञ्चारको पहुँचबाट, अहिले स्वरूप बद्लिएको छ।’
     
    उहाँले तीजले महत्त्व पाउनुमा पहिलो कुरा यसको धार्मिक महत्त्व नै रहेको दाबी गर्नुभयो ।  महादेव र हिमालय पुत्रीको प्रसंग जोडिने हुनाले यसैलाई आधार मानेर हिन्दुहरूले तीज पर्व मनाउने परम्परा छ । आफ्नो परिवारका लागि व्रत, उपासनामार्फत दीर्घायुको कामना गर्ने विषयलाई धार्मिक प्रसंगसँग जोड्न सकिन्छ । व्रत बस्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको डा. संग्रौलाले बताउनुभयो । 
     
    तीज दुःख–वेदना सुनाउनेभन्दा पनि भेटघाट, रमाइलो र शुभकामना आदानप्रदान गर्ने पर्व बन्न थालेको उहाँको भनाई छ । उहाँले तीजको माध्यमबाट महिला अधिकार र सशक्तीकरणका कुरा गर्ने चलन सुरु भइसकेको बताउनुभयो । सहर–बजारमा साँघुरो ठाउँमा बस्नेहरूले पार्टी प्यालेसमा गएर दर खानु, अलि लामो समय लगाएर तीज मनाउनुलाई अन्यथा भन्नु नहुने उहाँको भनाई छ । उहाँले एक महिलादेखि तीज मनाउने प्रवृत्तिले खर्चिलो भयो भन्ने कुरालाई अस्वीकार गर्नुभएको छ । तरपनि यो कुरालाई अलि संयमित बनाउनु पर्नेमा उहाँको जोड छ ।
     
    उहाँले समय परिवर्तन भएपनि अहिलेपनि महिलामाथिको दमन नसकिएको बताउनुभयो । उहाँले हिंसाबाट मुक्त समाज निर्माणको लागी तिनै तहको सरकार जिम्मेवार बन्नुपर्ने औँल्याउनुभयो । आर्थिक रूपले सबलीकरण नहुँदा तथा पर निर्भरता हुनुले महिलामाथि हिंसा बढेको भन्दै उहाँले महिलालाई उद्यमशीलतामा जोड्नु पर्ने बताउनुभयो ।
     
    उहाँले महिलालाई ३३ प्रतिशत अधिकार सदनमा मात्र पुर्‍याएको भन्दै राज्यका हरेक निकायमा सहभागी गराउनु पर्ने बताउनुभयो । अहिलेपनि समाज पितृसत्तात्मक रहेको भन्दै डा. संग्रौलाले यसको स्वरूप बदल्नुपर्नेमा जोड दिनुभयो ।
     


    सोमवार, आश्विन १ २०८०१०:०६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij