Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चको प्रश्न—ललिता निवास प्रकरणमा नेपाल र भट्टराईविरुद्ध किन मुद्दा दर्ता नगरेको ?

सर्वोच्चको प्रश्न—ललिता निवास प्रकरणमा नेपाल र भट्टराईविरुद्ध किन मुद्दा दर्ता नगरेको ?

  • मंगलवार, आश्विन ९ २०८०

  • 1.1K
    SHARES

  • सर्वोच्चको प्रश्न—ललिता निवास प्रकरणमा नेपाल र भट्टराईविरुद्ध किन मुद्दा दर्ता नगरेको ?
    काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता किन भएन भन्दै प्रश्न गरेको छ। 
     
    मंगलबार(आज) सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले ललिता निवासको जग्गा प्रकरणमा मुद्दा दायरबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। 
     
    वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता निवासमा पूर्व प्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिइएको भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। उहाँको रिटको सुनुवाइ गर्दै सरकारलाई उक्त प्रकरणमा नेपाल र भट्टराईविरुद्ध मुद्दा किन दर्ता गरिएन भन्दै सरकारलाई लिखित जवाफसमेत पेस गर्न भनेको छ।
     
    साथै सर्वोच्चले यसअघि दर्ता भएको दुई वटा रिटलाई साथै राखी पेस गर्नसमेत भनेको छ। नेउपानेले रिटमा उनीहरूमाथि पूरक अभियोग दर्ता गर्न आदेश दिनुपर्ने माग गर्दै रिट दायर गर्नुभएको थियो। 
     
    सरकारी वकिलले जिल्ला अदालत काठमाडौंमा ललिता निवासको कीर्तेसम्बन्धी मुद्दा दर्ता गरेको छ। यसअघि सर्वोच्चले यो प्रकरणमा संलग्न सबैमाथि अनुसन्धान गरी मुद्दा दायर गर्न भनेको थियो।
    383117803_1657470378074408_2541913479427339138_n1695728382.png


    मंगलवार, आश्विन ९ २०८००५:५९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij