Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु

इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु

  • बुधवार, आश्विन १० २०८०

  • 991
    SHARES

  • इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु

    काठमाडौं । इराकको उत्तरी क्षेत्रस्थित एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ ।

    घटनास्थलमा अहिले उद्धार टोली खटिए पनि आगलागीको कारण भने सार्वजनिक भएको छैन ।

    इराकको निनेभे प्रान्तस्थि काराकोस जिल्लाको उक्त घटनामा १ सय ५० जना घाइते भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । इराकको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । साथै उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।

    स्थानीय समय अनुसार मंगलबार राति १० बजेर ४५ मिनेटमा आगलागी सुरु भएको हो । यद्यपि स्थानीय अधिकारीहरूले घाइतेकको संख्याबारे मिश्रित तथ्यांक दिएका छन् । आगलागीबाट नवविवाहित जोडी पनि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    विवाह समारोहको पार्टी भइरहेको ब्यांक्वेट हलमा आगलागी छोटो समयमै फैलिएको थियो । इराकी रेड क्रिसेन्टले भने ४ सय ५० भन्दा धेरैको हताहत भएको तर कतिको मृत्यु भयो भन्ने यकिन तथ्यांक सार्वजनिक गर्न कठिन रहेको जनाएको छ । स्थानीय पत्रकारहरूले घटनास्थलबाट धेरै बेरसम्म एम्बुलेन्सबाट दर्जनौं घाइतेको उद्धार गरिएको बताएका छन् ।


    बुधवार, आश्विन १० २०८००२:१८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij