Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकारमाथि खनिए माधव नेपाल, महंगीले ढाड सेक्यो, शिक्षकहरुलाई अलपत्र बनायो

सरकारमाथि खनिए माधव नेपाल, महंगीले ढाड सेक्यो, शिक्षकहरुलाई अलपत्र बनायो

  • बिहिवार, आश्विन ११ २०८०

  • 802
    SHARES

  • सरकारमाथि खनिए माधव नेपाल, महंगीले ढाड सेक्यो, शिक्षकहरुलाई अलपत्र बनायो

    काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रणको प्रयत्न नगरेको बताउनुभएको छ ।

    पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न नगरेको बताउनुभएको हो । मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदा पनि मूल्यवृद्धि भइरहेको भन्दै उहाँले यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।

    उहाँले मूल्यवृद्धि नियन्त्रणको सम्बन्धमा एकीकृत समाजवादीले संसद् चल्दा संसद्‌मा आवाज उठाइरहेको र संसद् नहुँदा पनि विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइरहेको उल्लेख गर्नुभयो।

    अध्यक्ष नेपालले माइतीघर मण्डलामा आन्दोलनरत शिक्षकहरुको न्यायोचित र जायज मागहरु पूरा गर्नुपर्ने बताउनुभयो । आवश्यक कुराहरु विधेयक संशोधन गरेर वा नीतिमा मिलाएर शिक्षकहरुलाई न्याय प्रदान गर्नुपर्ने उहाँको भनाइ थियो ।

    अध्यक्ष नेपालले पार्टीको समाजवादी जागरण अभियानअन्तर्गत पार्टी संगठनलाई परिचालित र संगठित गर्दै जनताको कुरा सुन्ने बताउनुभयो ।


    बिहिवार, आश्विन ११ २०८००५:४१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij