Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चिकित्सकहरूका माग सम्बोधन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

चिकित्सकहरूका माग सम्बोधन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

  • शुक्रवार, आश्विन १२ २०८०

  • 756
    SHARES

  • चिकित्सकहरूका माग सम्बोधन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
    काठमाडौं । संसदीय समितिले आन्दोलनरत चिकित्सकहरूका माग वार्तामार्फत सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार(आज) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित बनाई निर्बाध रुपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । 
     
    बैठकका निर्णय सार्वजनिक गर्दै समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको यस प्रकारको दुर्व्यवहार  घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।  संसदीय समितिको तर्फबाट चिकित्सकका समस्या सम्बोधनका लागि भएका पहलकदमीबारे समिति सदस्य डा. तोषिमा कार्कीलाई आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने जिम्मेवारी दिएको सभापति जोशीले जानकारी दिनुभयो । 
     
    ‘चिकित्सकमाथि भएको दुर्व्यवहार एवं अनपेक्षित घटनाबारे बैठकमा सरोकारवाला संघ संस्थाका प्रतिनिधिले आफ्नो धारणा राख्नुभयो । चिकित्सकमाथि भएको यस प्रकारको दुर्व्यवहारको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ’, जोशीले भन्नुभयो, ‘यस्ता घटनाप्रति दुःख र खेद प्रकट गर्दै दोषी उपर नियमानुसार कारबाही गर्न र स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित,हिंसारहित बनाई निर्बाध रुपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।’ उहाँले चिकित्सकहरू एवं स्वास्थ्य क्षत्रसँग सम्बन्धित समस्याको समाधान गर्न वार्तामार्फत हल गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको बताउनुभयो । 
     
    ‘समितिको तर्फबाट भएका पहलकदमी बारे डा.तोषिमा कार्कीलाई आन्दोलनरत चिकित्सकसँग समन्वय गराउने भन्ने भएको छ’, जोशीको भनाइ छ ।  संसदीय समितिमा सांसदहरूले चिकित्सकहरूमाथि सुरक्षाको खतरा बढेको भन्दै घटनामा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।


    शुक्रवार, आश्विन १२ २०८००४:२६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij