Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीले प्रचण्डलाई भने, ‘मन्त्रिपरिषद् पुनर्गठनको अधिकार मेरो हो, हस्तक्षेप नगर्नुहोस्’

ओलीले प्रचण्डलाई भने, ‘मन्त्रिपरिषद् पुनर्गठनको अधिकार मेरो हो, हस्तक्षेप नगर्नुहोस्’

  • बिहिवार, आश्विन २२ २०७७

  • 1.4K
    SHARES

  • ओलीले प्रचण्डलाई भने, ‘मन्त्रिपरिषद् पुनर्गठनको अधिकार मेरो हो, हस्तक्षेप नगर्नुहोस्’

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अहिले भेटवार्ता जारी रहेको छ ।

    पार्टी निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठनमा दुवै अध्यक्षबीच विवाद भएपछि सहमतिमा पुग्ने प्रयासस्वरूप छलफल भइरहेको बुझिएको छ ।

    प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनको अधिकार प्रधानमन्त्रीको रहेको भन्दै हस्तक्षेप नगर्न प्रचण्डसहित पार्टीलाई आग्रह गरेको बताइएको छ । उनले अहिले रिक्त रहेका मन्त्रालयमा मात्र मन्त्री नियुक्त गरेर अगाडि बढ्ने तयारी गरेका छन् ।

    तर, प्रचण्डले भने पार्टीको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठन हुनुपर्ने र राम्रो काम नगरेका अन्य मन्त्रीलाई हटाएर नयाँ अनुहार ल्याउनुपर्ने अडान लिएका छन् ।

    मन्त्रिपरिषद् पुनर्गठनका बारेमा दुई अध्यक्षबीच पटकपटक छलफल भएपनि निष्कर्षमा पुग्न सकेको छैन ।

    साथै आजको छलफलमा गत मंगलबार बसेको सचिवालय बैठकमा छलफल भएका विषय खाली रहेका संबैधानिक निकायमा गर्न लागिएको नियुक्तिका विषयमा समान धारणा बनाउने, हालै सरकारले गरेको मुख्यसचिवसहित दुई राजदुतको नियुक्तिमा नेताहरुको असन्तुष्टिलाई सम्बोधन गर्ने लगायतका विषयमा समेत छलफल भइरहेको बताइएको छ ।

     


    बिहिवार, आश्विन २२ २०७७०३:००:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij