Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आयल निगमद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता

आयल निगमद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता

  • आइतवार, आश्विन १४ २०८०

  • 2.8K
    SHARES

  • आयल निगमद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता
    काठमाडौं । नेपाल आयल निगमले मा भएको मूल्यवृद्धि फिर्ता लिएको छ । निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै आजै राति १२ बजेबाट लागू हुने गरी वृद्धि भएको मूल्यवृद्धि फिर्ता गरिएको जानकारी दिएको हो ।
     
    यसअघि आजै बसेको  मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्‌को निर्णयअनुसार आयोगले मूल्यवृद्धि फिर्ता लिएको हो ।
     
    निगमले आजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । चाडबाडको मुखैमा ग्यास सिलिण्डलमा दुई सय १५ रुपैयाँ मूल्यवृद्धि भएपछि सरकारको चौतर्फी आलोचना भएको थियो । 
     
    चाडबाडको बेलामा सरकारसँग आवश्यक परामर्श नै नगरी मूल्य बढाइएपछि शनिवार मात्रै चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्रीसमेत असन्तुष्ट बनेका थिए । 
     
    निगमले गएराति पेट्रोलमा प्रतिलिटर दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । मूल्य बढेसँगै आजदेखि ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ११० पुगेको थियो । तर वृद्धि भएको मूल्य फिर्ता भएको छ ।
     
    noc_c0GRj9jtrP.jpg
     


    आइतवार, आश्विन १४ २०८००२:५४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij