Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जनदबाबपछि फिर्ता भयो मूल्यवृद्धि, सरकारकै निर्देशन बढेको आरोप( खास खबर)

जनदबाबपछि फिर्ता भयो मूल्यवृद्धि, सरकारकै निर्देशन बढेको आरोप( खास खबर)

  • आइतवार, आश्विन १४ २०८०

  • 581
    SHARES

  • जनदबाबपछि फिर्ता भयो मूल्यवृद्धि, सरकारकै निर्देशन बढेको आरोप( खास खबर)
    काठमाडौं । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरी गरेको मूल्यवृद्धि जनदबाबका कारण फिर्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्यवृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिएपछि आज राति १२ बजेदेखि फिर्ता हुने भएको हो । आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकमीहरूसँग कुरा गर्दै सञ्चारमन्त्री रेखा शर्माले चाडपर्वको मुखमा जनताले चर्को मूल्यवृद्धि खेप्नुपर्ने अवस्थालाई मध्यनजर गरेर फिर्ता गरिएको जानकारी दिनुभयो । 
     
    संसद् बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री आफू मूड फ्रेस गरेर आएको र जनताको मूड अफ गराएको बताउनुभएको थियो । यद्यपि जनदबाबका कारण मूल्यवृद्धि फिर्ता भएको बताउँदै उहाँले आयल निगमको मनपरी नियन्त्रण गर्नुपर्ने स्पष्ट पार्नुभयो । आयल निगमले जनताको भावना विपरीत व्यापार गरेको उहाँको संकेत थियो । 
     
    प्रधानमन्त्री प्रचण्डले आफूलाई मूल्यवृद्धिबारे जानकारी नै नरहेको संसद्मा जानकारी गराउनुभएको थियो । सांसदहरूले जनताको ढाड सेक्नेगरी सरकार उत्रिएको भन्दै आपत्ति जनाएपछि प्रचण्डले मूल्यवृद्धि फिर्ता भइसकेको जानकारी दिनुभएको हो । उहाँले आयल निगम सरकार भन्दामाथि नहुने भन्दै स्वचालित मूल्यप्रणाली पनि मुलुकको अवस्थालाई हेरेर घटबढ हुनुपर्ने बताउनुभयो । 
     
    उपभोक्ताकर्मी ज्योति बानियाँले सरकारको ठाडो निर्देशनमा आयल निगमले मूल्यवृद्धि गरेको बताउनुभयो । अहिले प्रधानमन्त्री प्रचण्डले आफ्नो बचाउ गर्न जेसुकै कुरा गरेको भएपनि उहाँको निर्देशन बिना मूल्यवृद्धि हुन नसक्ने बानियाँको भनाइ थियो । प्रधानमन्त्री स्वदेश फर्किनासाथ मूल्यवृद्धि हुनु नै उहाँको निर्देशन रहेको पुष्टि हुने बानियाँको दाबी छ । ग्यासको मूल्यमा पनि अचाक्ली वृद्धि गरेर सरकारले अपराध गरेको उहाँको आरोप छ । 
     
    शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो । पुरानै मूल्य कायम हुँदा ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ हुनेछ ।
     
    यस्तै, पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८०.५ रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १८२ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८३ रुपैयाँ कायम हुनेछ । चाडबाडको बेलामा चर्को मूल्यवृद्धिको मारमा परेका जनताको बाँच्न पाउने अधिकारमा सरकारले खेलबाड गर्न मिल्दैन ।
     


    आइतवार, आश्विन १४ २०८००८:०५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij