Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेका तीन जना केन्द्रीय सदस्यको पद चैट

एमालेका तीन जना केन्द्रीय सदस्यको पद चैट

  • मंगलवार, आश्विन १६ २०८०

  • 1.5K
    SHARES

  • एमालेका तीन जना केन्द्रीय सदस्यको पद चैट

    काठमाडौं । नेकपा एमालेका तीन जना केन्द्रीय सदस्यको पद गुमेको छ ।

    एमालेले यसअघि एउटा कमिटीमा रहेको सदस्य अर्को कमिटीको उम्मेदवार बने भइरहेको पद स्वतः जाने निर्णय गरेको थियो । सो निर्णयअनुसार हालै प्रदेशहरूमा भएका अधिवेशनमा पोलिटब्युरो र केन्द्रीय सदस्यहरूले समेत निर्वाचन लडेका थिए । यसरी केन्द्रीय सदस्य छोडेर प्रदेशका लागि चुनाव लड्ने बागमतीमा कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेल रहेका थिए । ढुङ्गेलले निर्वाचन जितेकाले उनले पोलिटब्युरो सरहको मान्यता पाए पनि दाहालको केन्द्रीय सदस्य पद गुमेको छ ।

    त्यसैगरी कोशी प्रदेश कमिटीको अध्यक्ष पदमा उम्मेदवार बनेका केन्द्रीय सदस्य विनोद ढकालको पनि पद गुमेको छ । ढकाल अर्का नेता घनश्याम खतिवडासँगको चुनावी प्रतिस्पर्धामा पराजित बनेका थिए । तल्लो कमिटीमा झरेर चुनाव लडेकै कारण लुम्बिनीका हरि रिजालको पनि केन्द्रीय सदस्य पद गुमेको छ । राधाकृष्ण कँडेलसँग प्रदेश अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएका रिजाल कँडेलले अध्यक्षमा जितेपछि उनको केन्द्रीय सदस्य पद गुम्न पुगेको हो ।


    मंगलवार, आश्विन १६ २०८००२:११:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij