Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गंगादेव गाउँपालिकाका उपाध्यक्ष घर्ती सहित १३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा 

गंगादेव गाउँपालिकाका उपाध्यक्ष घर्ती सहित १३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा 

  • बुधवार, आश्विन १७ २०८०

  • 1.3K
    SHARES

  • गंगादेव गाउँपालिकाका उपाध्यक्ष घर्ती सहित १३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा 
    रोल्पा। रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती,निमित्त प्रमुख प्रशासकीय अधिकृत सकल देव यादवसहित १३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
     
    तत्कालीन उपाध्यक्ष घर्ती र निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवसहित १३ जनाले गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। गंगादेव गाउँपालिका वडा नं.२ स्थित घोरनेटी खोलादेखि घोरनेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ।
     
    अनुसन्धान हुँदा सोलार पम्पिङ खानेपानी निर्माण योजनाको लागि आ।व। २०७६र०७७ मा गंगादेव गाउँपालिकाबाट लागत अनुमान तयार भई गंगादेव गाउँपालिकाबाट रकम विनियोजन भएको समेत जनाइएको छ।रकम विनियोजन भएपछि उपभोक्ता समितिसँग सम्झौता भई उक्त योजनाको कार्य गर्दा वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी गलत प्रतिवेदन दिई दिन लगाई गलत नापी किताब तयार गरिएको अख्तियारको निष्कर्ष छ।
     
    गलत नापी किताब अनुसार झुट्टा बिल भरपाई तयार गरी गर्न लगाई भए गरेको कार्य भन्दा बढी भुक्तानी नै गर्न नमिल्ने ४ लाख ६६ हजार ४ सय ८८ रुपैयाँ ९८ पैसा भुक्तानी दिई गैरकानूनी हानि नोक्सानी पुर्‍याउने बद्नयतले उपभोक्ता समितिलाई भुक्तानी दिने/लिने कार्य गरे/गराएको पुष्टि भएको अख्तियारको आरोप छ।
     
    घर्ती स्थानीय तह निर्वाचन २०७४ मा  नेकपा माओवादी केन्द्रबाट गंगादेव गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका थिए।
     


    बुधवार, आश्विन १७ २०८००७:३५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij