Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पैसा दिएर टिआरपी बढाएको आरोपमा रिपब्लिकन टिभीका सञ्चालक गोस्वामीमाथि मुद्दा !

पैसा दिएर टिआरपी बढाएको आरोपमा रिपब्लिकन टिभीका सञ्चालक गोस्वामीमाथि मुद्दा !

  • शुक्रवार, आश्विन २३ २०७७

  • 1.2K
    SHARES

  • पैसा दिएर टिआरपी बढाएको आरोपमा रिपब्लिकन टिभीका सञ्चालक गोस्वामीमाथि मुद्दा !

    एजेन्सी । पैसा दिएर टिआरपी (टेलिभिजन रेटिङ प्वाइन्ट्स) बढाएको आरोपमा भारतको रिपब्लिकन टिभीका सञ्चालक एवं कार्यक्रम प्रस्तोता अर्नब गोस्वामीमाथि मुद्दा दायर गरिने भएको छ ।

    गोस्वामीको रिपब्लिक टिभीले पैसा दिएर टिआरपी बढाएको आरोप लागेको हो । मुम्बई प्रहरीले गोस्वामी रिपब्लिक टिभीसहित तीन च्यानलमाथि पैसा दिएर टिआरपी बढाएको जनाएको छ ।

    मुम्बई प्रहरीका अनुसार उसले न्यूज च्यानलहरुले पैसा दिएर टिआरपी बढाउने गरेको एउटा यस्तो ¥याकेटको पर्दाफाश गरेको छ ।

    मुम्बई प्रहरीका कमिश्नर परमवीर सिंहले बिहीबार पत्रकार सम्मेलन गरी यसको खुलासा गरेको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् । जसमा पहिलो चरणमा गोस्वामीको रिपब्लिक टिभीसहित तीनवटा च्यानल रहेको उसले जनाएको छ ।

    रिपब्लिकन टिभीले भने आरोपको अस्वीकार गरेको छ । च्यानलका सम्पादक गोस्वामीले आफ्नो तर्फबाट विज्ञप्ति निकाली मुम्बई प्रहरीले झूठो आरोप लगाएको दाबी गरेका छन् ।

    सुशान्त सिंह राजपुतको मुद्दामा प्रहरीमाथि प्रश्न उठाइएकाले आफ्नो टिभीमाथि निशाना बनाएको गोस्वामीको तर्क छ ।

     


    शुक्रवार, आश्विन २३ २०७७०३:४०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij