Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मोडल मञ्जिता केसी पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” को मायामा तड्पिदै (भिडियोसहित)

मोडल मञ्जिता केसी पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” को मायामा तड्पिदै (भिडियोसहित)

  • बुधवार, आश्विन २४ २०८०

  • 1.0K
    SHARES

  • मोडल मञ्जिता केसी पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” को मायामा तड्पिदै (भिडियोसहित)

    काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

    सोही क्रममा हङकङबासी संगीतप्रेमी उपेन्द्र बिश्वकर्माको नयाँ पृथक गीत “मायाँ बिनाको मान्छे” सार्वजनिक भएको छ । यस गीतमा पछिल्लो समय कि लोकप्रिय गायिका अनु चौधरीको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को शब्द, चर्चित एरेञ्जर रमेश सेञ्चुरीको संगीत, एरेञ्ज, मिक्सिङ रहेको छ । सो गीतको भिडियोमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को निर्देशन रहेको छ भने मन बहादुर पुनको छायांकन, लोकेश भाटको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा मञ्जिता केसी, प्रकाश बराईली “अभिब्यक्ति”, राज कुमार रायमाझी, सुजन बराईली, भिम बहादुर पौडेल, रमेश सेञ्चुरीको अभिनय रहेको छ ।

    यस गीतलाई म्याग्देली डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा प्रेमिकाले प्रेमिलाई माया गर्ने तर प्रेमीले प्रेमिकाको मायालाई बुझ्न नसकेको अनि अन्तिममा उस्को मायालाई बुझेर समर्पण गरेको कुरालाई समेट्न खोजिएको छ । साथै साँचो प्रेमको कदर गर्नुपर्छ र प्रेमले लै संसार बदल्न सकिन्छ भन्ने कुराको सन्देश दिन खोजिएको छ ।

     

     


    बुधवार, आश्विन २४ २०८००२:१४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij