एजेन्सी । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिलले पहिलो खेलमा सहज जित निकालेको छ ।
सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि भएको छनोट खेलअन्तर्गत बोलोभियासँग भएको पहिलो खेलमा ब्राजिलले जित दर्ता गरेको हो ।
घरेलु मैदानमा आज बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । ब्राजिललाई जित दिलाउन रोबर्टो फिर्मिनोले दुई गोल गरे ।
त्यस्तै, फिलिपे कोउटिन्हो र मार्किन्हसले एक–एक गोल गरेका छन् । ब्राजिलले एक गोल आत्मघाती उपहार पाएको थियो । पहिलो खेलमा जित निकाल्दै ब्राजिल तालिकाको शीर्ष स्थानमा छ ।