Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते
  • यो साता चर्चामा :
images

इजरायलबाट फर्केकालाई निःशुल्क मनोवैज्ञानिक परामर्श

इजरायलबाट फर्केकालाई निःशुल्क मनोवैज्ञानिक परामर्श

  • सोमवार, आश्विन २९ २०८०

  • 787
    SHARES

  • इजरायलबाट फर्केकालाई निःशुल्क मनोवैज्ञानिक परामर्श

    काठमाडौं । युद्धग्रस्त इजरायलबाट फर्केका नेपालीलाई ललितपुरको अन्नपूर्ण प्राकृतिक अस्पतालले निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिने भएको छ ।

    अस्पतालका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा. स्कन्द डाँगीले एक महिने निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिइने बताउनुभयो ।

    उनीहरूमा पोस्ट ट्रउमाटिक स्ट्रेस डिसअर्डर नहोस् भनेर अस्पतालले मनोवैज्ञानिक परामर्श, न्युरो मनोचिकित्सक, पुनर्स्थापना कार्यक्रम, योग, ध्यान, प्राकृतिक उपचार, जडिबुटी फिजियोथेरापीहरू जस्ता सेवा निःशुल्क दिन लागिएको डा. डाँगीले बताउनुभयो ।

    अस्पतालमा इजरायलबाट फर्केका नेपाली मात्र नभई उनीहरूका नजिकका आफन्तलाई पनि निःशुल्क सेवा दिने उहाँले बताउनुभयो ।

    उपचार सेवा दिन न्युरोसाइक्र्याटिस्ट डा. प्रदीप पाण्डे, प्राकृतिक चिकित्सक तथा योग विशेषज्ञ डा. स्कन्द डाँगी, आयुर्वेद चिकित्सक डा. रमेश पौडेल, योग थेरापिस्ट सविन महर्जन, न्युरो फिजियोथेरापिस्ट डा. वीरेन्द्र खड्काको टिमले सेवा दिनेछन् ।


    सोमवार, आश्विन २९ २०८००२:१८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij