Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आइतबारबाट राहत र पुनर्स्थापनामा लाग्ने प्रधानमन्त्रीको उद्घोष

आइतबारबाट राहत र पुनर्स्थापनामा लाग्ने प्रधानमन्त्रीको उद्घोष

  • शनिवार, कार्तिक १८ २०८०

  • 576
    SHARES

  • आइतबारबाट राहत र पुनर्स्थापनामा लाग्ने प्रधानमन्त्रीको उद्घोष

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा सरकारले जे गर्नुपर्थ्यो, त्यो गरेको बताउनुभएको छ ।

    शनिबार जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि नेपालगञ्ज आइपुगेका प्रधानमत्री प्रचण्डले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो भने घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्नुभयो ।

    मृतकको संख्या १५० आसपास पुगेको, सयौं घाइते भएको र हजारौं घरमा क्षति पुगेको भन्दै उहाँले भन्नुभयो, ‘आजको दिनमा सरकारको तर्फबाट जे गर्नुपथ्र्यो, गरिएको छ ।’

    भोलिदेखि राहत तथा पुनस्र्थापनामा जुट्ने उहाँले बताउनुभयो । ‘भोलि विहान ८ बजे मन्त्रिपरिषद्को बैठक बोलाइसकेको छु, त्यसपछि विपद् व्यवस्थापनको बैठक बसेर राहत र पुनःस्थानाको काममा लाग्छौं’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।


    शनिवार, कार्तिक १८ २०८००४:५४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij