Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

मेगा बैंक आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगतर्फ अघि बढ्दैछ : सिइओ खुन्जेली

मेगा बैंक आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगतर्फ अघि बढ्दैछ : सिइओ खुन्जेली

  • आइतवार, आश्विन २५ २०७७

  • 1.7K
    SHARES

  • मेगा बैंक आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगतर्फ अघि बढ्दैछ : सिइओ खुन्जेली

    काठमाण्डौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनुपमा खन्जेलीले मेगा बैंक कृत्रिम बौद्धिकता (आर्टिफिसिइल एन्टेलिजेन्स) को प्रयोग गर्दै नयाँ प्रविधिमा जाने तयारी गरिरहको बताउनु भएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थसंवादमा पत्रकार टिपी भुसालसंग कुरा गर्दै उहाँले मेगा बैंक प्रविधिको उच्चतम प्रयोगतर्फ केन्द्रित रहेको जानकारी दिनुभयो ।

    कोभिडको कारण पनि अहिले हरेक बैंक प्रविधिको उच्चतम प्रयोग तर्फ धकेलिरहेको सन्र्दभमा उहाँले मेगा बैंक अहिले पनि डिजिटाइज बैंककै अवधारणा अनुरुप अगाडि बढिरहको बताउनुभयो । कोभिड १९ को कारण बैंकहरुमा तरलता बढ्दै गएको भएपनि पछिल्लो पटक लकडाउन खुकुलो बन्दै जाँदा केही सहजताहरु भने थपिएको उहाँले बताउनुभयो ।

    ‘तरलताको कारण ऋणमा ब्जाद घट्दो छ । उद्योगको लागि अहिले ऋण लिने राम्रौ अवस्था हुनुथ्यो तर सोही अनुरुप आर्थिक गतिविधि चलायमान छैनन् । त्यसैले राष्ट्र बैंकले आफ्ना वित्तीय उपकरण प्रयोग गरेर बंैकमा भएको तरलता व्यवस्थापन गरेको छ । अहिले सबै क्षेत्र पर्ख रहेर को वस्थमा छ,’ उहाँले भन्नुभयो ।

    नेपाल राष्ट्र बैंकले र्मर्जर वा बिग मर्जरमा जान बंैकहरुलाई दबाब दिइरहेको सन्र्दभमा सिइओ खुन्जेलीले मेगा बैक मर्जरमा खुला रहेको बताउनु भयो । बैककको साधारण सभाले नै मर्जरमा जान सकिने निर्णय गरिसकेका सन्र्दभमा उर्पयुक्त संस्था भटिए मर्जरमा जान सकिने उहाँको धारणा छ ।

    नेपालको पहिलो महिला सिइओ रहनु भएकी खुन्लेलीले महिला शसक्तिकरणको लागि महिलालाई अवसर दिनुपर्ने बताउनु भयो । कामको शिलसिलामा महिला पुरुष भन्दा पनि व्यक्तिको कार्यक्षमता महत्वपूर्ण हुने उल्लेख गर्दौ उहाँले महिलाले अवसर पाए गरेर देखाउन सक्ने क्षमता रहको बताउनु भयो ।

    मेगा बैंकका सीइओ खुन्जेलीसंग गरिएको कुराकानी यहाँ क्लिक गरेर सुन्न सक्नु हुनेछ ।


    आइतवार, आश्विन २५ २०७७०२:३८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij