काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि सुरु भएको हो । बैठकमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेता सहभागी छन् ।
प्रधानमन्त्री प्रचण्डले जाजरकोट भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो ।
गत शुक्रबार मध्यरातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते छन् । दुई जिल्लामा गरी १७ हजार ७ सयभन्दा धेरै घरहरू पूर्णपुरमा क्षतिग्रस्त भएका छन् ।