Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रोल्पा पुगेर प्रधानमन्त्री प्रचण्डले भने— थवाङ विचार र क्रान्तिको प्रतीक हो 

रोल्पा पुगेर प्रधानमन्त्री प्रचण्डले भने— थवाङ विचार र क्रान्तिको प्रतीक हो 

  • शुक्रवार, कार्तिक २४ २०८०

  • 617
    SHARES

  • रोल्पा पुगेर प्रधानमन्त्री प्रचण्डले भने— थवाङ विचार र क्रान्तिको प्रतीक हो 

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताउनुभएको छ । आज रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले थवाङमा रहेर जनयुद्धको तयारी, उठान र सञ्चालन गरिएको स्मरण गर्नुभयो ।

    प्रधानमन्त्री दाहालले क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा नहुने बताउनुभयो । ’ क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुँदैन । त्यो बांगोटिंगो हुन्छ। यो कहिले अघि बढ्छ, कहिले एक कदम पछाडि हट्छ। यो विज्ञानको नियम हो । 

    जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो। अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं । संविधानमा नै समाजवादको संकल्प गरिएको छ, त्यसका लागि नयाँ अभियान चाहिन्छ,’ उहाँले भन्नुभयो । उहाँले पार्टीको आगामी विशेष महाधिवेशनबाट पार्टीको समाजवादको बाटो थप स्पष्ट हुने बताउनुभयो ।

    ’शान्ति प्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौं। अहिले क्रमशः एकताको आधार तयार हुँदैछ। विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ । हामी छिट्टै एकताबद्ध हुन्छौं,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्था क्रमशः सुधारको बाटोमा रहेको बताउनुभयो । 

    यस्तै, प्रचण्डले आज रोल्पाको शहिद मार्गको सबैभन्दा लामो पुल १६९ लामो थवाङ  खोला पुल, ५० शैया रोल्पा अस्पतालको नवनिर्मित आधुनिक भवनको उद्घाटन समेत गर्नुभएको छ ।


    शुक्रवार, कार्तिक २४ २०८००८:४२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij