काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भइरहेको छ । मन्त्रिपरिषदलाई पूर्ण दिने, पार्टी एकीकरणको बाँकी काम र कर्णाली प्रदेशमा देखिएको विवादका विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको नेताका सहयोगीले बताएका छन् ।
नेकपाका संसदीय दलका नेतासमेत रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री मोहनबहादुर शाहीविरुद्ध संसदीय दलमा हिजो अविस्वाशको प्रस्ताव दर्ता भएपछि नेकपा तरंगित भएको छ । तत्कालीन समयमा नेकपा एमालेको बुहमत रहेपनि पार्टी एकीकरणका बेलामा शक्ति सन्तुलनका लागि एकीकृत माओवादीको भागमा मुख्यमन्त्री परेको थियो ।
प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने विषयमा पनि छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो ।