Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईंको आन्दोलनप्रति लोकराज बरालको टिप्पणी— विरोध जुलुस निकाल्ने बित्तिकै व्यवस्था परिवर्तन हुन्छ भन्नु हौवा हो

दुर्गा प्रसाईंको आन्दोलनप्रति लोकराज बरालको टिप्पणी— विरोध जुलुस निकाल्ने बित्तिकै व्यवस्था परिवर्तन हुन्छ भन्नु हौवा हो

  • शनिवार, मंसिर २ २०८०

  • 601
    SHARES

  • दुर्गा प्रसाईंको आन्दोलनप्रति लोकराज बरालको टिप्पणी— विरोध जुलुस निकाल्ने बित्तिकै व्यवस्था परिवर्तन हुन्छ भन्नु हौवा हो
    काठमाडौं । वरिष्ठ कूटनीतिज्ञ एवं प्राध्यापक लोकराज बरालले नेपालमा राजा फर्किने कुरा असम्भव भएको बताउनुभएको छ । नेपालमा जनताले अनुमोदन गरेको संविधान आएको बेला यसमा भएका कमीकमजोरीलाई सुधार्दै जानुपर्नेमा राजा ल्याउँछौं भन्दै सडकमा उत्रिनुको अर्थ नभएको दाबी गर्नुभयो ।
     
    विवादित व्यवसायी दुर्गा प्रसाईं र उहाँका समर्थकले मंसिर ७ गते काठमाडौँबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका छन् । यसै सन्दर्भमा बरालले मंसिर ७ को आन्दोलनले मुलुकलाई नयाँ परिवर्तनतिर लैजान नसक्ने जिकिर गर्नुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै बरालले भन्नुभयो, ‘२००७ सालदेखि हामी नेपाली मानसिक रूपले अस्थिर छौं । कुनै नारा जुलुस हुने बित्तिकै सरकार परिवर्तन वा व्यवस्था परिवर्तन भइहाल्छ भन्ने सोच्छौं । चर्चा गर्नु एउटा कुरा हो, परिवर्तन हुनु अर्को कुरा हो । मंसिर ७ को आन्दोलन कुनै ठूलो कुरा होइन । यस्ता विरोध जुलुसले मुलुकलाई नयाँ परिवर्तनतिर लैजान्छ जस्तो लाग्दैन।’
     
    बरालले समाजमा अराजकता फैलाउनेलाई नियन्त्रण गर्न सरकार संवेदनशील नभएको आरोप पनि लगाउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईँहरूले मंसिर ७ को आन्दोलनलाई लिएर टेलिभिजन, सामाजिक सञ्जालहरूमा बढी महत्त्व दिइरहनुभएको छ । टिभीमा ल्याएर सोधेको छ, सोधेको छ । महँगी, भ्रष्टाचार र अराजकता अन्त्य गर्नुपर्‍यो भनेर जुलुस निकाल्नु ठिक कुरा हो । आफैं अराजकता सिर्जना गर्ने ? राष्ट्रिय गान नै अर्कै गाएका छन्, सेना खडा गरेको भनेका छन् । सरकार के हेरेर बसेको छ ?
     
    प्राध्यापक बरालले राजतन्त्र फर्काउने कुरा हौवा मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, मुलुकमा भएका बेथिति गणतन्त्रको दोष होइन । त्यसलाई सञ्चालन गर्ने नेताहरूको दोष हो । नेता त परिवर्तन भइहाल्छ नि । ज्ञानेन्द्र फेरि राजा भएर आए भने सुनै सुन फल्छ र ? व्यवस्था वा सरकारको विरोधमा दुईचार जना दुर्गा प्रसाईं जहिले पनि हुन्छन् । अलिअलि सलबलाइरहन्छन् । केही मान्छेलाई भ्रममा पारेर उचाल्नु एउटा कुरा हो । तर कसैले जुलुस निकाल्ने बित्तिकै सत्ता परिवर्तन हुन्छ भन्ने कुरा हौवा हो । परिवर्तन भएर मात्र हुँदैन, टिकाउन पनि पर्छ नि ।’
     
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही पनि गर्न नसकेको उहाँको विश्लेषण छ । बरालले भन्नुभयो, ‘प्रचण्ड आफैं जे पनि बोल्दै हिँडेका छन् । प्रधानमन्त्री भएपछि त गरेर देखाउनुपर्‍यो  नि । आफू गर्न नसक्ने, सरकार विरोधीलाई नियन्त्रण गर्ने रणनीति बनाउन नसक्ने । सरकारले अराजकता र मनपरी गर्न छाडिदिन मिल्छ ? त्यसैका लागि त सरकार चाहिएको हो ।’
     
    अर्को प्रसंगमा कूटनीतिज्ञ बरालले कालापानी, लिम्पियाधुरा र लिपुलेकमा अनावश्यक होहल्ला गरेर नक्सा निकालेकाले भारतसँगको वार्ता डेडलक भएको औंल्याउनुभयो । 
     


    शनिवार, मंसिर २ २०८००९:२८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij