Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कसैको ऋण मिनाहा गर्न राजा ल्याउनुपर्ने आवश्यकता छैनः माओवादी नेता शाही

कसैको ऋण मिनाहा गर्न राजा ल्याउनुपर्ने आवश्यकता छैनः माओवादी नेता शाही

  • शुक्रवार, मंसिर ८ २०८०

  • 1.1K
    SHARES

  • कसैको ऋण मिनाहा गर्न राजा ल्याउनुपर्ने आवश्यकता छैनः माओवादी नेता शाही
    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लघुवित्तबाट लिएको २० लाखसम्म ऋण मिनाहा गरिदिन्छु भन्नु मेडिकल व्यवसायी दुर्गा प्रसाईंको केटाकेटी कुरा भएको टिप्पणी गर्नुभएको छ । जनताले लघुवित्तमा राखेको पैसा ऋण लिने, खाने अनि साँवा ब्याज चुक्ता नगर्ने कुरा असम्भव भएको उहाँको दाबी छ ।
     
    लघुवित्तको ऋण मिनाहाका लागि राजा ल्याउनुपर्ने वा व्यवस्था नै बदल्नुपर्ने आवश्यकता नभएको शाहीको जिकिर छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक व्यवस्थामा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता हुन्छ । यो कुनै ठूलो कुरा होइन । राजा फर्काउने कुरा असम्भव र समय खेर फाल्ने कुरा हो । ऊर्जाशील श्रम शक्तिलाई दुरुपयोग गर्ने कुरा हो । मनोगत ढंगले राजतन्त्रको नारा उठाएपछि चर्चामा आउन सक्छु कि भन्ने कसैको सोच होला । तर आर्यघाटबाट लास फर्काउने कुराको कुनै अर्थ छैन ।’
     
    कुनै नेताले विदेशी बैंकमा पैसा राखेको छ भने त्यसलाई कानुनी दायरामा ल्याउन सकिने पनि उहाँले बताउनुभयो । विगतका कमीकमजोरी सच्चाएर व्यवस्थाप्रति विश्वास बढाउनुपर्ने शाहीले औँल्याउनुभयो ।
     


    शुक्रवार, मंसिर ८ २०८००९:३०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij