Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
नक्कली भुटानी शरणार्थी प्रकरण

भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश

भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश

  • शुक्रवार, मंसिर १५ २०८०

  • 733
    SHARES

  • भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश
    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश दिएको छ ।  न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 
     
    भुटानी शरणार्थी नेता रिजालको पक्षका कानुन व्यवसायीले मानव तस्करीमा ‘असहयोग’ गरेका कारण रिजाललाई फसाइएको तर्क गरेका थिए। नक्कली शरणार्थीका नाममा भइरहेको मानव तस्करी तहको किर्तेबारे अवगत गराउने नेतालाई नै ‘असहयोगी’ व्यवहार गरिएको उनका कानुन व्यवसायीको दलिल थियो।
     
    काठमाडौं जिल्ला अदालतले गत असार १ मा गरेको थुनछेकको आदेशलाई बेरितको भन्दै उक्त आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरीपाउँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा दिइएको निवेदनमा गत मंगलबारदेखि नियमित सुनुवाइ जारी थियो । सुनुवाइ बिहीबार सकिए पनि फैसला शुक्रबार मात्रै आएको हो ।


    शुक्रवार, मंसिर १५ २०८००४:३१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij